चौथो हार व्यहोरेको नेपाल उपाधि भिडन्तबाट बाहिरियो

चौथो हार व्यहोरेको नेपाल उपाधि भिडन्तबाट बाहिरियो

काठमाडौं। काठमाडौंमा जारी महिला टी-२०आई शृंखलामा नेपालले लगातार चौथो हार व्यहोरेको छ।

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपाल  थाइल्याण्डसँग पराजित भएको हो ।

आज थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाएको थियो ।

अब नेपालले २ खेल खेल्ने छ जहाँ दुबै खेल जिते पनि उपाधि जित्ने सम्भावना भने हुनेछैन।