अभिनेत्री कुलकर्णीको महामण्डलेश्वर पदवी खोसियो

अभिनेत्री कुलकर्णीको महामण्डलेश्वर पदवी खोसियो

काठमाडौँ- बलिउड अभिनेत्री ममता कुलकर्णीको महामण्डलेश्वर पदवी खोसिएको छ ।

केही दिन अघि मात्रै महामण्डलेश्वर घोषणा भएकी कुलकर्णीको सो पद खोसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले ठूलो दाबी गरेका छन् । उनले भने,  ‘मैले लक्ष्मीनारायण त्रिपाठी र अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वरको पदबाट हटाएको छु ।’

‘देशद्रोहको अभियोगमा परेकी ममतालाइ महामंडलेश्वरलाई बनाउन कुनै कार्यविधि अपनाइएको छैन । उनलाई महामंडलेश्वर कसरी बनाइन्छ ?’ भन्दै उनले कुलकर्णीको सो पदवी खोसेको दावी गरेका छन् ।

दासले यो पनि भने, ‘यो बिग बोस शो होइन, जुन कुम्भको समयमा एक महिना चलाउन सकिन्छ। किन्नर समुदायको उत्थान र धर्म प्रचारका लागि मैले लक्ष्मीनारायण त्रिपाठीलाई आचार्य महामंडलेश्वर बनाएको थिए तर उनी बहकिए । यस्तो अवस्थामा मैले कदम चाल्नुपर्ने अवस्था आयो ।’