लगनगाँठो कसेको ६ महिना नबित्दै अरुणिमा लम्सालको पनि वैवाहिक सम्बन्ध धरापमा

लगनगाँठो कसेको ६ महिना नबित्दै अरुणिमा लम्सालको पनि वैवाहिक सम्बन्ध धरापमा

काठमाडौं। गायिका एलिना चौहानले विहेको वर्षदिन नपुग्दै श्रीमानविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेपछि गर्माएको सामाजिक सञ्जाल फेरि एकपटक तातेको छ। एकपछि अर्का कलाकारको वैवाहिक सम्बन्धमा दरार आइरहेको खबरका बीच त्यो हुलमा नायिका अरुणिमा लम्साल पनि थपिएकी छन्।


गत भदाै ३ गते कांग्रेस नेता युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी अरुणिमाको दोस्रो वैवाहिक सम्बन्धमा पनि दरार आएको चर्चा चल्न थालेको छ। पछिल्लो समय अमेरिका बस्दै आएकी उनले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरु गायब गराएपछि उनको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो।

अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन् । ती तस्वीररभिडिओहरु अहिले देखिएको छैन। तर, श्रीमानले भने उनका तस्बिर हटाएका छैनन्।

छुटाउनुभयो कि ?