प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई राजिनामा दिन लगाउने

काठमाडौं : सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा गराउने भएका छन् । स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गे्निङ गरेको अडियो टेप बाहिर आएसंगै प्रधानमन्त्रीको भ्रष्टाचार न्युनिकरण अभियानलाई समेत जोडेर आलोचना सुरु भएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ ।

हिजो राती बाँस्कोटाको कमसिन मागेको अडियो टेप एक अनलाइन पत्रिकामार्फत सार्वजनिक भएको थियो । जसमा गोकुल बास्कोटाले छाडाशब्द प्रयोग गर्दै कमीसनमा बार्गेनिङ गरेका छन् ।