काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाई बिदा भएका छन्।
नेपाल क्रिकेट एसोसियसन क्यानले दुई वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टी देसाईको बिदाई गरेको हो। मोन्टीको दुई वर्षको सम्झौता सकिएपश्चात् क्यानले सम्झौता नवीकरण नगरेपछि उनको विदाई भएको हो।
क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति जारी गर्दै मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको जानकारी दिएका छन्।
क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमले गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवाद ज्ञापनसमेत गरेको छ।
देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। त्यसअघि उनले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए।
