काठमाडौं। बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले अल्पकालीन आदेश जारी गरेको छ।
”यसमा वादी नेपाली डायस्परा इन्टरटेन्मेन्ट प्रा.लि. ले नियमन निकाय चलचित्र बोर्ड र दुई फिल्म निर्माता कम्पनीलाई प्रतिवादी बनाई फिराद दायर गरेको र दुवै पक्ष झिकाई छलफल गर्न आदेश भएकोमा आज निवेदन पेश हुँदा विवादित चलचित्र निर्माण गरेका भनिएका प्रतिवादी कम्पनीले निवेदनको र छलफलको मिति सम्बन्धी जानकारी पाएको नदेखिंदा ती कम्पनीको वतन निवेदक र चलचित्र विकास बोर्ड समेतको सहयोगमा उपलब्ध गरी प्रस्तुत निवेदनको जानकारी दिई मिति २०८१ । १० । २२ को दिन तोकी अन्तरकालीन आदेश जारी हुने नहुने छलफलको लागि उपस्थित हुने जनाउ दिई पेश गर्नू ।” अदालतबाट जारी आदेशमा भनिएको छ ।
डायस्परा इन्टरटेन्टमेन्ट प्रालिले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम र कथा चोरी गरेको भन्दै मुद्दा हालेको थियो ।