सोनाम ल्होसारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम

सोनाम ल्होसारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम

लिस्वन । पोर्चुगलमा रहेका नेपालीहरूले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । 

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा २ फेब्रुअरी २०२५,आइतबारका दिन सो कार्यक्रम हुने भएको हो । 

राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष तथा प्रचारप्रसार विभाग संयोजक फुर्पा तामाङका अनुसार कलाकारहरूको बेजोड प्रस्तुतिसहित सो कार्यक्रम हुन लागेको छ । 

मञ्जुश्री संवत् २८६१ सोनाम ल्होसार (डुल) सा पुख्री सर्प वर्ग शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम (२०२५ लाई सभ्य र भव्य बनाउनको निमित्त पोर्चुगल विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूलाई कार्यक्रममा सहभागिताको लागि उपाध्यक्ष तामाङले अनुरोध समेत गरेका छन् । 

कार्यक्रम Republica Da Musica Lisboa (Alvalade metro station) मा बिहान १० बजेबाट सुरु भएर मध्यरात १२ बजे सम्पन्न हुने तामाङले बताए । 

कार्यक्रममा म्हेन्दोमाया र सेलो गीतका विशेष प्रस्तुति, नृत्य तथा अन्य साङ्गीतिक कार्यक्रम हुने र त्यसको लागि म्हेन्दोमाया गायिका रमाला पाख्रिन, सेलो गायक प्रदीप लामा, सेलो गायक तथा सङ्गीतकार कुमार योन्जन तथा स्थानीय कलाकारको सहभागिता रहने उनले जानकारी दिए ।