हिनालाई क्यान्सर हुँदा चलचित्रकर्मीले दिएनन् साथ

हिनालाई क्यान्सर हुँदा चलचित्रकर्मीले दिएनन् साथ

मुम्बई । बलिउड अभिनेत्री हिना खान केही समय यताबाट निरन्तर स्तन क्यान्सरसँग लडिरहेकी छिन् । यो कठिन समयमा आफूलाई बलिउडमा सँगै काम गरेका सहकर्मीहरूले वास्ता गर्न छाडेको यी अभिनेत्रीले बताएकी छिन् । हिजो सँगै चलचित्रमा काम गरेका कतिपय चलचित्रकर्मीहरूले आफ्नो हालखबर समेत नसोधेको यी अभिनेत्रीको दुखेसो छ ।

चलचित्रमा सक्रिय हुँदा सबैले हाई हाई गर्ने गरेको तर लामो समयदेखि आफू विराम हुँदा समेत बेवास्ता गरेको यी अभिनेत्रीले गुनासो गरेकी छिन् । यति बेला आफूलाई आफ्नो प्रेमी रकी जयसवालले निरन्तर साथ दिई रहेको पनि उनले बताएकी छिन् ।

‘मलाई रकी, मेरा परिवार र चिकित्सकहरूको हौसलाले बाँच्ने प्रेरणा मिलिरहेको छ । यसमा पनि मलाई सबैभन्दा बढी हौसला रकीले दिई रहेका छन्’, अभिनेत्री हिनाले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन् ।

रकीले यी अभिनेत्रीलाई बाँच्नको लागि प्रोत्साहनसँगै उनको सेवा पनि गरिरहेका छन् । उपचारको क्रममा हिनाको कपाल सबै झरेपछि हिनालाई साथ दिन प्रेमी रकीले पनि आफ्नो कपाल खौरिएका थिए । योसँगै रकीले हिना खानलाई समयमै औषधि, पोसिलो खाना खुलाउनेदेखि सबै प्रकारको सेवा गरिरहेका छन् ।

रकीको यो सेवाको ’bout हिना खानले इन्स्टाग्राममा केही तस्बिरहरू सार्वजनिक गर्दै एउटा नोट पनि लेखेकी छिन्,‘मैले चिनेको संसारकै सबैभन्दा राम्रो मान्छे ! मेरो कपाल झर्दा उसले पनि कपाल खौ¥यो । मेरो कपाल फेरि बढ्न थालेपछि मात्र उनले आफ्नो कपाल बढाउन थालेका छन् ।’

हिनाले आफूलाई निस्वार्थ माया गर्ने व्यक्तिको रुपमा रकीलाई लिएको पनि बताएकी छिन् । रकीका कारण आज आफू जिउँदो रहेको र बिस्तारै क्यान्सरलाई जित्दै गएको पनि उनले बताएकी छिन् । यहाँ धेरै स्वार्थी मन्छेहरु रहेको पनि उनले आफ्नो नोटमा उल्लेख गरेकी छिन् ।