संसद् अधिवेशनको तयारी

संसद अधिवेशनको तयारीबारे छुट्टाछुट्टै छलफलमा सभामुख घिमिरे

संसद अधिवेशनको तयारीबारे छुट्टाछुट्टै छलफलमा सभामुख घिमिरे

काठमाडौँ । आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेले विभिन्न बैठक राखेका छन् । यही माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको छ ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बिहान ११ बजेदेखि सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल छ । प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल दिउँसो २ बजे तय गरिएको छ ।

त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको छ । दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुखले संसदीय समितिका सभापतिसँग अलग(अलग संवाद गर्दै आएका छन् ।