क्यानडाली प्रधानमन्त्रीका उम्मेदवार भारतीय मूलका चन्द्र आर्य

क्यानडाली प्रधानमन्त्रीका उम्मेदवार भारतीय मूलका चन्द्र आर्य

ओटावा।  क्यानडाको प्रधानमन्त्रीका पदमा भारतीय मूलका सांसद चन्द्र आर्यले उम्मेदवारी दिएका छन्। उम्मेदवारीसँगै उनले क्यानडाको संसद्‌मा कन्नड भाषामा सम्बोधन गरेका छन्।

भारतको कर्नाटक मूल थलो भएका चन्द्र आर्यले यसै साताको शुरुमा प्रधानमन्त्रीको चुनाव लड्ने घोषणा गरेका थिए।

आर्य क्यानाडाको नेपियन क्षेत्रका सांसद हुन्। उनले क्यानडाको संसद्लाई सम्बोधन गर्दै भने‚ ‘यो करिब पाँच करोड कन्नडभाषीका लागि गर्वको क्षण हो। कर्नाटकको तुमकुर जिल्लासँग सम्बन्धित व्यक्ति क्यानडाको संसद् सदस्य निर्वाचित भएको छ। यहाँ कन्नडमा सम्बोधन गर्दै छ।'

आर्यले लिबरल पार्टीको बैठकमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल सोशल मीडिया प्लाटफर्म एक्समा लेखेका छन्‚ ‘म क्यानडाको प्रधानमन्त्री पदका लागि चुनाव लड्दै छु। हाम्रो देशले संरचनात्मक चुनौती भोगिरहेको छ। यसको ठोस समाधान आवश्यक छ। हामीले आफ्ना सन्तान र भावी पिढीको समृद्धि सुनिश्चित गर्न साहसिक राजनीतिक निर्णय लिनुपर्नेछ।'

आर्य एमबीए उत्तीर्ण गरेपछि सन् २००६ मा क्यानडा आएका थिए। उनी सन् २०१५ देखि नेपियनका सांसद छन् र इन्जीनियरिङ र अर्थशास्त्र पृष्ठभूमिका हुन्। यसअघि उनले प्रविधि प्रतिरक्षा कम्पनीमा कार्यकारीका रूपमा काम गरेका छन्।

छुटाउनुभयो कि ?