थुनछेक बहस आज पनि सकिएन, प्रहरीको जिम्मामा रवि

थुनछेक बहस आज पनि सकिएन, प्रहरीको जिम्मामा रवि

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजपनि प्रहरीकै जिम्मा लगाएको छ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको प्रतिवादी रहेका लामिछानेको मुद्दामा थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो।

कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकारणमा लामिछाने गत बिहीबार ६५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । हिजो काठमाडौं जिल्ला अदालतमा हाजिर भएका लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो।

थुनछेक बहस नसकिएपछि उनलाई आजपनि प्रहरीको जिम्मा लगाइएको हो । भोलि सार्वजनिक विदा रहेको कारण लामिछानेको मुद्दामा अब बुधबारमात्रै थुनछेक बहस हुनेछ।