उमागौरी सहकारी ठगी प्रकरणः धरौटी बुझाएर रिहा भइन् अञ्जला

उमागौरी सहकारी ठगी प्रकरणः धरौटी बुझाएर रिहा भइन् अञ्जला

काठमाडौं। उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला आज आफैं अदालतमा हाजिर भएकी थिइन्।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै थुनछेक बहस भएरको थियो। न्यायाधीश भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।

मोरङको धनपालथान–४ मा रहेको उक्त सहकारीको सञ्चालक रहँदा अञ्जलाले बचतकर्ताको बचत रकम अपचलन गरेको आरोप लागेको थियो। सो सहकारी ठगीमा अञ्जलासहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको थियो।