प्रधानमन्त्री ओलीले ७ बुँदे सहमतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै महामन्त्री शर्माको आपत्ति

प्रधानमन्त्री ओलीले ७ बुँदे सहमतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै महामन्त्री शर्माको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदे सहमतिको विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्।

उनले स्थिरत सरकारको लागि संविधान संशोधन जरुरी रहेको बताए। ‘२०८७ मा मात्र संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ। संशोधन त गर्ने छ,’ उनले भने।

संविधान संशोधन कुन विषयमा र कहिले गर्ने भन्ने कुरा प्रधानमन्त्री ओलीमा मात्रै निहित नरहेर गठबन्धन दलको नेतृत्वले सल्लाह गरेर गर्ने महामन्त्री शर्माको भनाइ छ। प्रधानमन्त्री ओलीले हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाको यो कार्यकालमा संविधान संशोधन नहुने बताएका थिए।

कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएर वर्तमान गठबन्धन सरकार बनेको थियो। उक्त सहमतिमा संविधान संशोधनलाई विशेष प्राथामिकतामा राखिएको थियो।