नेपालको ट्रेन्डिङ पर्सानिलिटीको शीर्ष स्थानमा ऋषि धमला, गगन दोस्रो

नेपालको ट्रेन्डिङ पर्सानिलिटीको शीर्ष स्थानमा ऋषि धमला, गगन दोस्रो

काठमाडौँ । नेपालमा सोसल मिडियाको ट्रेन्डिङ पर्सानिलिटी (पर्सन) मा ऋषि धमला शीर्ष स्थानमा रहेका छन् ।पत्रकार धमला आफ्नो चर्चित टिभी शो’ ‘जनता जान्न चाहन्छन्’ का होस्ट हुन् । 

च्याट जीपीटीको तथ्याङ्क अनुसार उनी पछिल्लो साता नेपालमा सोसल मिडियामा सर्वाधिक खोजिने व्यक्तिको रूपमा शीर्ष स्थानमा परेका हुन् । यस्तै, दोस्रो स्थानमा भने नेपाली काँग्रेसका महामन्त्री गगन थापाको नाम छ ।

काठमाडौँका मेयर बालेन्द्र शाह भने चौथो स्थानमा छन् । शीर्ष ६ जनाभित्र नायिका सृष्टि श्रेष्ठ र नायक प्रदीप खड्कासम्म परेका छन् ।