प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस

प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस

काठमाडौँ । प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेले आइतबार बिहान राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि  राष्ट्रपति रामचन्द्र पौडेलसँग  सिफारिस गरेका हुन्।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल,राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।