काठमाडौं। आइतबार दक्षिण कोरियामा विमान दुर्घटना भएको छ। बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो।
विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ः०७मा भएको थियो ।
योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए, विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ।