काठमाडौँ । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चारजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।
राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा बस दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ ।