काठमाडौँ । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तान दुर्घटनामा परेको स्थानीय अधिकारीहरूले बताएका छन्।
उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत रहेको बताइएको छ।अजरबैजान एअरलाइन्सको उक्त जहाजतर्फ आकस्मिक सेवाका अधिकारीहरू जाँदै गर्दा त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको छ।
काजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार १२ जना यात्रुहरू बच्न सफल भएका छन्। अजरबैजानको राजधानीबाट चेचेन्यातर्फ उडेको उक्त जहाज कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अजरबैजान एअरलाइन्सले हालसम्म उक्त घटनाबारे केही पनि बताएको छैन।