सिरियाका अपदस्थ राष्ट्रपति असदको सम्बन्धविच्छेद हुन लागेको हो ?

सिरियाका अपदस्थ राष्ट्रपति असदको सम्बन्धविच्छेद हुन लागेको हो ?

काठमाडौं । रुसी प्रवक्ता दिमित्री पेस्कोभले सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी बेलायती मूलकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गर्न चाहेको समाचारलाई अस्वीकार गरेका छन्।

टर्कीका सञ्चारमाध्यमका अनुसार अस्मा अल असद आफ्नो वैवाहिक सम्बन्ध तोडेर रुस छोड्न चाहन्छन्।

पत्रकार सम्मेलनमा यी रिपोर्टहरूको बारेमा सोध्दा दिमित्री पेस्कोभले भने, “होइन, तिनीहरूको सत्यसँग कुनै सरोकार छैन।”

उनले असदलाई मस्को छाड्न प्रतिबन्ध लगाइने र उनको सम्पत्ति जफत गरिने समाचारलाई पनि अस्वीकार गरे।

तर टर्कीका मिडियाले आइतवार रिपोर्ट गरेअनुसार असदको परिवार रूसको राजधानी, मस्कोमा गम्भीर प्रतिबन्धहरू सामना गरेर बाँचिरहेको छ र सिरियाकी पूर्व प्रथम महिलाले सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिइन् । उनी लन्डन फर्कन चाहन्थिन् ।

पूर्व सिरियाली राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा अल-असद एक सिरियाली-बेलायती नागरिक हुन्, तर बेलायतका विदेश सचिवले यसअघि उनलाई बेलायत फर्कन अनुमति नदिने बताएकी थिइन्।