काठमाडौँ । सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए।
बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ। रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ।
संसद सचिवालयले त्यसबारे निर्णय गरेको छैन। अहिले सभामुख भेट्न दुई सांसद पुगेका छन्।