काठमाडौं । भारत गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन् । भ्रमणको क्रममा उच्चपदस्थ अधिकारीहरुले भेट नदिएपछि उनी खालीहात नेपाल फर्कन लागेकी हुन् ।
यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण समेत अनिश्चित भएको छ । आरजुले भ्रमणको चाँजोपाँजो मिलाउनेमा विश्वस्त रहेका ओलीलाई समेत भारतले कुनै सन्देश पठाएको छैन ।
राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ‘वान टू वान’ भेटवार्ता हुने चर्चा भएपनि ओलीलाई भारत भ्रमण गराउन मोदी सरकार सकारात्म नभएकोले यसपटक देउवासँग कुनै पनि अधिकारीहरु भेटको लागि तयार नभएको स्रोतको दाबी छ ।