काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा २ जना नियुक्त भएका छन्।
यसअघि सदस्य रहेका भक्तबहादुर पुन र कपिल आचार्यको पदावधि सकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको निर्णयबाट डा। बलराम पराजुली र इन्जिनियर लक्ष्मण केसीलाई नियुक्त गरेका हुन्।
सदस्य नियुक्त भएका पराजुली जलविद्युत् क्षेत्रमा परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। उनले भेरी बबई बहुउद्देश्यीय आयोजना र एसियाली विकास बैंकमा पनि परामर्शदाताको भूमिका निर्वाह गरेका छन्।
लक्ष्मण केसी कांग्रेसनिकट इन्जिनियरिङ संघ (सिडेन) का अध्यक्ष हुन्। अमेरिकामा सिभिल इन्जिनियरिङ पढेका केसीले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन्।