पूर्व मेयर पीएल सिंहको निधन, काठमाडौँमा आज शोक बिदा

पूर्व मेयर पीएल सिंहको निधन, काठमाडौँमा आज शोक बिदा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । आज बिहान उनको निवासमै निधन भएको हो । 

उनले २०५२ मंसिर २९ मा काठमाडौँ नगरपालिकालाई महानगरपालिकामा घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने भएको छ । 

यसैबीच काठमाडौँ महानगरपालिकाले पनि आज शोक बिदा दिएको छ । अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिएको महानगरले जनाएको छ । 

८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।  पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्। ०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए।