पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, आजै रातिदेखि गणना गरिने

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, आजै रातिदेखि गणना गरिने

काठमाडौं। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज भएको मतदान सम्पन्न भएको छ। बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान भएको थियो।

मतदान सम्पन्न भएसँगै प्रक्रिया अनुसार मतगणना सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। मतगणना आजै रातिदेखि सुरु गर्ने र यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ।

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी परेकाे छ।

यसैगरी, महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ।