काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्य गरेका थिए । तर, बीआरआईको विषयमा कांग्रेससँग केही असमझदारी बढेपछि त्यसमा बढि छलफल गर्नुपर्ने भएकोले त्यो काम थाँती राखिएको थियो ।
प्रधानमन्त्री चीन भ्रमण सकेर फर्किएको एक साता भैसकेको छ । अब भने उनले अर्को सातासम्म मन्त्रिपरिषद् पूनर्गठन गरिसक्नेगरि उनले तयारी गरेको उच्च स्रोतको दाबी छ । यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँगपनि छलफल भएको बुझिएको छ । चीनबाट फर्किएका प्रधानमन्त्री ओलीले टिआरसीमा पदाधिकारी चयनको लागि देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा समय व्यतित गर्नुपरेको थियो ।
पछिल्ला तीन दिन उनी गृहजिल्ला झापामा व्यस्त भए । काठमाडौं फर्किएलगत्तै उनी हिजो फेरि आफ्नो जन्मस्थान तेह«थुम पुगेका थिए । अब भने उनले मन्त्रिपरिषद् पूनर्गठनको लागि होमवर्क थालेका छन् । सरकारको नेतृत्व गरेको पाँच महिना पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले शक्तिशाली मन्त्रालय हाँकेका मन्त्रीहरुलाई नै हटाउनेगरि तयारी थालेको चर्चा चल्न थालेको छ ।