काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को नेताहरुको कार्यविभाजनका लागि बोलाइएको आजको बैठक निश्कर्षविहीन भएको छ । दुई दिनसम्म चल्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर अर्को दिनलाई सारिएको छ ।
अब बैठक २८ गते बस्ने छ । आजको बैठकमा पोलिटब्युरोबाट १७ जना स्थायी कमिटीमा ल्याउने प्रस्ताव आएपछि विवाद सुरु भएको थियो । सो प्रस्तावमाथि उपमहासचिव राजेन्द्र राईले ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।
महाधिवेशन समाप्त भएको लामो समय भइसक्दा पनि कार्यविभाजन नहुँदा एकीकृत समाजवादीका नेताहरु कामबिहीन बनिरहेका छन् । आगामी बैठकले पनि कार्यविभाजन टुंग्याउनेमा एकीकृत समाजवादीका नेताहरुले नै आशंका व्यक्त गर्दै आइरहेका छन् ।