काठमाडौँ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ ।
दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालयमा बुधबार छापा मारेको हो । साथै प्रहरीले सियोल महानगरीय प्रहरी र राष्ट्रियसभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारेको छ ।
राष्ट्रपति युनले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा रुपमा विभिन्न ठाउँमा छापा मारिएको हो । दक्षिण कोरियाली राष्ट्रपति युनले सैनिक शासन लगाउन यही मंसिर १८ गते देशमा मार्शल ल लागू गरेका थिए । तर, सर्वत्र चर्को विरोधपछि उनले ६–७ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।
युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ । साथै उनीविरुद्ध अनुसन्धान पनि भइरहेको छ ।आफूविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव विफल भएपछि राष्ट्रपति युन हालसम्म पदमै कायम छन् ।