काठमाडौं। सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो। त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो।
तर, पर्सामा एकैदिनमा बयान सकिएको छ। पर्साका जिल्ला न्यायाधीवक्ता भोलाराथ निरौलाका अनुसार, सोध्नुपर्ने प्रश्नहरू पहिल्यै भएको र मंगलबारबाटै सबै जवाफ लामिछानेले दिएका छन्। यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ।
पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ। पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो। त्यसको सुरुवात्मा परिचय खण्ड थिए भने अन्यमा मुद्दासँग सम्बन्धित विषय थिए।
उनलाई पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो । न्यायाधीवक्ता निरौलाका अनुसार, यो सहकारी ठगीको मुद्दा अहिले अदालतमा विचाराधीन छ।