रवि लामिछानेलाई सरकारले ‘ह्यारेस’ गर्न खोज्यो: काँग्रेस सांसद शर्मा

रवि लामिछानेलाई सरकारले ‘ह्यारेस’ गर्न खोज्यो: काँग्रेस सांसद शर्मा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सरकारले रास्वपा सभापति रवि लामिछानेलाई गरेको व्यवहारको विरोध जनाएका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर सरकारले नियतवश नै लामिछानेलाई जिल्ला जिल्लामा दौडाएको आरोप लगाए।

उनले भने, ‘अहिलेको गृहमन्त्री रमेश लेखक दाइ कानूनको ज्ञाता पनि हुनुहुन्छ। हाम्रो गृहमन्त्री नै भएको बेलामा यो केस न्यायिक निरूपणको विषय हो। न्यायालयले यस’bout बोल्नुपर्ने कुरा हो। सकेसम्म पहिलो हप्ता नभए ८-१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो।

तर, नियतवश, मानिसिक रूपमा ह्यारेस गराउनको निम्ति रविलाई कहिले कता कहिले कता कुदाएको छ। देख्दा हेर्दा लोकलाई पनि लाज हुने गरी सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले काम भइरहेको छ। यसको भर्त्सना गर्छ।’

उनले प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न माग गरे। विधिको शासन सबैले मान्नुपर्ने भएकाले अदालतको निर्णय नै अन्तिम हुने उनको भनाइ छ।

सरकारले अहिले देखाइरहेको रवैया परिवर्तन गर्न माग गरे। उनले रास्वपा नेता कार्यकर्ताको व्यवहारमा पनि सुधार गर्नुपर्ने उनको भनाइ छ।