बूढानीलकण्ठमा कांग्रेसको बैठक जारी, एमालेसँग दुरी बढाएको बीआरआइबारे ठोस निर्णय गर्ने

बूढानीलकण्ठमा कांग्रेसको बैठक जारी, एमालेसँग दुरी बढाएको बीआरआइबारे ठोस निर्णय गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बिहान ९ बजेपछि बैठक सुरु भएको हो ।

बैठकले रिक्त रहेको गण्डकी प्रदेशसभा सदस्यको सिफारिसबारे निर्णय लिने बताइएको छ । साथै स्थानीय तह उपनिर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल भइरहेको कांग्रेसले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौता र हालै सम्पन्न उनिर्वाचनको सम्बन्धमा पनि छलफल हुनेछ ।

बीआरआइबारे पार्टीका नेताबाट फरकफरक मत आइरहेको र एमालेसँग दुरी बढ्ने अवस्था आएपछि यसबारे ठोस निर्णय गर्ने पार्टीको तयारी छ ।