काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। आज मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराकी निर्देशक नितु गड्तौलासहितको टोलीले लामिछानेसँग भेट गरेका हुन्।
आयोगका प्रतिनिधिहरुसँग रास्वपा सभापति लामिछानेले आफूलाई अमानवीय व्यवहार गरिएको बताए । उनले आफूलाई मध्यरातमा जबरजस्ती चितवनबाट पोखरा ल्याइएको बताए । उनल चितवनबाट मध्यरातमा पोखरा ल्याउँदा भएको हर्कतबारे सत्यतथ्य छानविनका लागि मानव अधिकार आयोगको टोलीको ध्यानाकार्षण गराए ।
साथै, आफूलाई जबरजस्ती उठाएर पोखरा ल्याउने टोलीमा संलग्न एक प्रहरीले मादक पदार्थ सेवन गरेको पाइएको पनि लामिछानेको दाबी छ ।