राष्ट्रपति पौडेल भेट्न टिचिङ हस्पिटल पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति पौडेल भेट्न टिचिङ हस्पिटल पुगे प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजजंग पुगेर राष्ट्रपति रामचन्द्र पौडेलको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन् । त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेडको अप्रेस भएको थियो । अप्रेशनपछि पौडेल अस्पतालमा नै छन् ।


ओलीले राष्ट्रपति पौडेललाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले चिकित्शकहरुसँग पनि राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

‘टिचिङ हस्पिटल महाराजगञ्जमा उपचार गराइरहनु भएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र उहाँका परिवारजनलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छु। चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ। सम्माननीय राष्ट्रपतिज्यूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’  प्रधानमन्त्री ओलीले भनेका छन् ।