काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआइमा सहमति जनाउँछन कि जनाउँदैन भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।बिआरआई (BRI) सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू:
१) टोखा-छहरे सुरुङमार्ग
२) हिल्सा-सिमकोट सडक
३) किमाथांका-खाँदबारी सडक र पुल
४) जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग
५) डडेलधुरास्थित अमरगढी सिटी हल
६) जिलोङ-केरुङ-रसुवागढी
७) मदन भण्डारी विश्वविद्यालय
८) काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९) दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क
१०) झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
जुन फ्रेमवर्कमा नेपालवाट परराष्ट्र सचिव अमृतबहदुर राई र चीनबाट नेशनल डेभलपमेन्ट कमिशनका उपाध्यक्ष लिउ सुशेद्वारा हस्ताक्षर गरिएको छ ।