काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा हिरो भए स्कटल्यान्डका क्रिस सोल । नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा बिराटनगरलाई ४ बलमा १३ चाहिएको थियो ।
उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।