काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले १९२ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल बनाएको हो । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो ।
लुम्बिनीले सुदूरपश्चिम रोयल्सको नाममा रहेको कीर्तिमान तोडेको हो । यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो ।
पावरप्लेमा १ विकेटको क्षतिमा ५६ रन बनाएको लुम्बिनीले १० ओभरमा लुम्बिनीले थप १ विकेटको रुपमा अर्जुन साउदलाई गुमाउँदै ४१ रन थप्दै ९७ रन बनायो। लुम्बिनीले पहिलो विकेट अशुतोष घिरौयाको गुमायो उनी १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा निकोलस क्रिटोनको हातबाट रन आउट भए। दोस्रो विकेटका लागि अर्जुन साउदले कप्तान रोहित पौडेलसँग ४१ रनको साझेदारी गर्दै आठौं ओभरको दोस्रो बलमा इस्मात आलमको बलमा बोल्ड भए।
तेस्रो विकेट कप्तानको भयो। राजेश पुलामी मगरको बलमा टियु कर्नरमा प्रतिश जिसीको हातबाट रोहित ४६ रनमा क्याच आउट भए। उनले टम मोरिससँग ६७ रनको साझेदारी गरे। चौथो विकेट टम मोरिसको गयो। उनी १७ बलमा १ चौका र३ छक्कासहित ३० रनमा दिपक बोहोराले उत्कृष्ट थ्रो गर्दै रन आउट गराए।
पाँचौं विकेट सन्दीप जोरा पनि १२ रनमा रनआउट भए। छैटौं विकेट सन्दीप लामीछानेले साद बिन जफरको विकेट सन्दीपले लिए। उनले जफरलाई १५ रनमा मार्टिन गुप्टिलबाट क्याच आउट गराए। सातौं विकेट पनि रन आउट नै भयो। यसमा बेन कटिङ पनि समावेश भए।
लुम्बिनीका लागि विवेक यादव १९ र र्यामोन सिमोन्ड २ रनमा अविजित रहे। विराटनगरका लागि सन्दीप लामिछाने, राजेश पुलामी र इस्मात अलामले १-१ विकेट लिए। विराटनगरको यो तेस्रो खेल हो। पहिलो खेलमा जनकपुर बोल्ट्सँग ८ विकेट र दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ८७ रनले पराजित भएको थियो। बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो।