चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच मुठभेड

चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच मुठभेड

काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच मुठभेड भएको छ । रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले पनि लाठीचार्ज गरेको छ ।

चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदर्शन नियन्त्रण गर्न तीन तहमा प्रहरीहरु खटाइएका छन् ।

अहिले सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ । जिप्रका र सरकारी वकिलको कार्यालय ५० मिटरको दुरीमा रहेको छ । प्रहरी कार्यालय अगाडि दुई पक्षबीच टकराव भएको हो ।