काठमाडौँ । जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सको लज्जास्पद हार भएको छ। मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवन राइनोजले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो। सोहेल तनविर, रिजन ढकाल र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
यसअगाडि चितवन राइनोजले काठमान्डु गुर्खाजमाथि फराकिलो जित हात पारेको थियो। काठमान्डुले दिएको ११२ रनको झिनो लक्ष्य चितवनले १७ बल बाँकी छँदै ५ विकेटको क्षतिमा हात पारेको थियो।
चितवनको जितमा पाकिस्तानी बलर सोहेल तनवीरले महत्वपूर्ण योगदान गरेका थिए। उनले आफ्नो ४ ओभरमा २१ रन मात्र दिदएर ५ विकेट लिएका थिए।