काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको छ । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे । कप्तान कुशल मल्लले ३८ रनको योगदान दिए ।
बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुईदुई तथा सागर ढकालले एक विकेट लिए ।