रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको  पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पा। रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल (रिटेनिङवाल) भत्किँदा पाँच जनाको मृत्यु भएको छ।

सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार मृतकमध्ये चार जनाको शव निकालिएको छ।

दुई महिला र दुई पुरूषको  शव निकालिएको प्रहरीको भनाइ छ। थप एक जनाको खोजी भइरहेको उनले  जानकारी दिए।  टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो।

वडाध्यक्ष उडवीर घर्ती मगरले पाँच जनाको घटनास्थलमै मृत्यु भएको खबर आएपछि आफू घटनास्थलतर्फ गइरहेको बताए।