संसदमा शोक प्रस्ताव पारित

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) बिहान ११ बजेका लागि बोलाइएको छ । सोही बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको बताइएको छ । आज २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो । तर राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएपछि नेपाली कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।