'कांग्रेस-एमाले समिकरण ०८४ सम्म जारी रहन्छ'

'कांग्रेस-एमाले समिकरण ०८४ सम्म जारी रहन्छ'

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार तत्कालै नढल्ने दाबी गरेका छन्। उनले सरकार कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै वर्तमान कांग्रेस र एमालेको समिकरण आगामी ०८४ को निर्वाचनसम्म कायम रहने दाबी गरेका हुन्।

शनिबार गृहजिल्ला रुपन्देहीमा आयोजित रुपन्देही उद्योग संंघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले भने,”हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ, म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु-यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबिचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ। कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोसिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोसिस हो।”