प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बाेधन स्थगित

काठमाडौं : प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ ।नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग समेत गरेको थियो । प्रधानमन्त्री ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची रहेको थिाये।