प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग

काठमाडौं : राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ ।

क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीमा शुक्रबार बिहान निधन भएकाले आजको सदन स्थगित गर्न कांग्रेसले माग गरेको छ । शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची रहेको छ ।