प्रधानमन्त्री ओलीले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै सम्बोधन गर्ने संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

संसद्को कार्यसूचीमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने बताइए पनि उनले आफ्नो कार्यकालको २ वर्षमा भएका उपलब्धिबारे संसदलाई जानकारी गराउने बताइएको छ।

फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा नेकपाको सरकार बनेको २ वर्ष पूरा हुँदैछ। त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संघ, प्रदेश र स्थानीय तह९अन्तरसम्बन्ध व्यवस्थापन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि संसद् सचिवालयले जनाएको छ।

शुक्रबारको बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’पनि पेस गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदसहितको प्रमाण ९दोस्रो संशोधन० विधेयक २०७५’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै मन्त्री ढकालले ‘प्रमाण ९दोस्रो संशोधन० विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी संसद्समक्ष प्रस्ताव पेस गर्ने पनि संसद्को कार्यसूचीमा उल्लेख गरीएको छ।