प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो

प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित प्रधानमन्त्री ओली भेट्न गएका विप्लवले चीन भ्रमणको बारेमा विशेष चासो राखेका छन्।

भेटका क्रममा चीन भ्रमणको क्रममा उठाइने विषय वस्तु र गरिने समझदारीको बारेमा प्रधानमन्त्री ओली, प्रकाण्ड र विप्लवबीच कुराकानी भएको बताइएको छ। साथै, विप्लवले प्रधानमन्त्री ओलीलाई विगतको सहमतिसमेत सम्झाएका छन्।

शान्तिपूर्ण राजनीतिमा आउनुपूर्व नेकपा र तत्कालीन ओली नेतृत्वको सरकारबीच भएको ३ बुँदे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै विप्लवले असन्तुष्टि जनाएका छन्।