पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न संसदीय समितिकाे माग

पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न संसदीय समितिकाे माग

काठमाडौं : नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिले छानविन गर्नुपर्ने राय दिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि छानविन गर्न सुझाव दिएको हो ।