विप्लवका विद्यार्थी नेता काठमाडौंबाट पक्राउ

विप्लवका विद्यार्थी नेता काठमाडौंबाट पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष पक्राउ परेका छन् ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीसँगै तीन जनाबारे थप अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।