दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्‍याे एक लाख जरिवाना

दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्‍याे एक लाख जरिवाना

काठमाडौं। काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ।

शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो।

महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ।