राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । हिजोसाँझ राष्ट्रपति निवास शीतलनिवासमा उहाँहरुबीच पहिलो पटक शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उहाँहरुबीच समसामयिक र संसद् गतिविधिबारेमा छलफल भएको थियो । करीब एक घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले चालु संसद्बारे जानकारी गराउनुभएको थियो । सापकोटा गत माघ १२ गते सभामुखमा निर्वाचित हुनुभएको थियो ।