काठमाडौं। भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो।
भारतले दिएको २२० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्बाधिक ५४ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो। भारतका लागि तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए भने अभिषेक शर्माले ५० रन बनाएका थिए।
यो जितपछि भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता हासिल गरेको छ । अब सिरिजको चौथो तथा अन्तिम खेल शुक्रबार हुने तालिका रहेको छ।